यस नपाको सँक्षिप्त विवरण

Undefined

<p>नेपाल को सुदुरपश्चिमान्चल बिकास क्षेत्र( <font color="blue">हाल प्रदेश न. ७</font>) को महाकाली अन्चल कन्चनपुर जिल्ला मा पर्ने यो शुक्लाफाँटा नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फागुन २२ गतेको निर्णयानुसार देशभरी गठन भएका ७४४ स्थानीय तह मध्ये एक स्थानीय तह हो। यो नगरपालिका २८<sup>०</sup>९३' उत्तरी अक्षाशं र ८०<sup>०</sup>३७' पूर्वी देशान्तरमा अवस्थित छ। झलारीपिपलाडी नगरपालिका र देखतभुली गा. वि. स. का ४ र ६ नं. वडाहरु समेत समायोजन भई शुक्लाफाँटा नगरपालिका बनाईएको हो। यो नगरपालिका मा जम्मा १२ वटा वडा हरु छन। जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २० कि. मि. टाढा पूर्व रहेको यस नगरपालिकाको क्षेत्रफल १६२.५७ वर्ग कि.मि. रहेको छ। आफ्नो अलग्गै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको यस नगरपालिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ।</p>