FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको सुदूरपश्चिम प्रदेशको  कञ्चनपुर जिल्लामा पर्ने यो नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निर्णयानुशार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुन पुर्व झलारी, पिपलाडी र देखतभुलीका वडा न ६,४ गरी तिन वटा गा.वि.स थिए र ती तिन वटा गा.वि.सका वडाहरु समायोजन भै शुक्लाफाँटा नगरपालिका बनाईएको हो । नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३/११/०९ निर्णयबाट स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको अादेश २०७३ अनुसार यो शुक्लाफाँटा नगरपालिकामा जम्मा १२ वटा वडा मिलेर बनेको छ । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २० कि.मि टाढा पश्चिम तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपलिकाक्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।

क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुप :

कन्चनपुर जिल्लाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत मध्यविन्दुमा रहेको १६२.५७ वर्ग किमि. क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा नगरपालिका अन्तरगत ४६८३४ जनसख्या रहेको छ । यस नगरपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस नगरपलिकाको पुर्वमा कृष्णपुर नगरपालिका, पश्चिममा शुक्लाफाँटा वन्यजन्तु आरक्ष र वेदकोट नगरपालिका , उत्तरमा डडेल्धराको चुरे पर्वत र दक्षिणमा लालझाडी गा.पा र शुक्लाफाँटा वन्यजन्तु आरक्ष रहेको छ । यस नगरपालिकाको अधिकतम तापक्रम ३८ डिग्रि र न्युनतम तापक्रम ९ डिग्रि रहको पाईन्छ ।

प्रशासकीय एवं राजनीतिक विभाजन:

 

  • प्रदेश: सुदूरपश्चिम प्रदेश
  • जिल्ला: कंचनपुर
  • जिल्ला सदरमुकाम : महेन्द्रनगर
  • प्रदेस निर्वाचन क्षेत्र : ६
  • के‍.निर्वाचन क्षेत्र : ३
  • शुक्लाफाँटा नपा अन्तगतका निर्वाचन क्षेत्रहरू :- के‍.निर्वाचन क्षेत्र न : २
  • प्रदेस निर्वाचन क्षेत्र : ख. (वडा न १,२,३,४,५ र ६,१० र १२) क .(वडा न ७,८,९,११,)
  • वडा : १२
  • क्षेत्रफल : १६२.५७ वर्ग किमि.
  • जनसख्या : ४६८३४ जना